
जिरी माध्यमिक विद्यालय जिरीको आयोजना र माधवकुमार कार्कीको प्रायोजनमा सम्पन्न चौथो अन्तर मावि भलिबल रनिङ शिल्डको उपाधि वैतेश्वर गाउँपालिकास्थित हनुमन्तेश्वर माध्यमिक विद्यालयले जितेको हो ।
प्रतियोगिताको उपविजेता भिमेश्वर नगरपालिकास्थित राईजिङ स्कुल चरिकोट बनेको छ भने सहिद स्मृति मावि जिरी तृतिय र डाँडाखर्क मावी मेलुङ सान्त्वना भएको छ । प्रतियोगिताका विजेताहरुलाई आजै खेलका संस्थापक माधवकुमार कार्कीले पुरस्कार वितरण गरेका छन् । प्रतियोगिताका विजेताले ५० हजार, उपविजेताले ३० हजार, तृतीयले २० हजार नगदसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् भने सान्त्वना हुनेले १० हजार नगद सहित प्रमाणपत्र पाएका छन् ।
जिरी माविले विद्यालयको ६५ औं वार्षिकोत्सब अवसरमा लिलाबहादुर कार्की दोलखा जिल्ला स्तरीय चौथो अन्तर मावि भलिबल रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरेको थियो । उक्त प्रतियोगितामा जिल्लाभरका विभिन्न पालिकाका खेलाडीहरु सहभागी भएका थिए ।

0 Comments