प्रशिक्षक आवश्यकता सम्बन्धी सूचना

उपर्युक्त विषयमा वैतेश्वर गाउँ कार्यपालिका पाँडुडाँडा दोलखाको मिति २०८२/०९/२१ गते चलानी नं. ८८४ को प्राप्त पत्र बमोजिम र यस विद्यालयको विव्यसको निर्णय बमोजिम यस विद्यालयमा साविक करार दरबन्दीमा सहायक प्रशिक्षक नियुक्ति गर्नुपर्ने भएकोले सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र तपशिलका योग्यता पुगेका उम्मेदवारहरुले आवश्यक कागजात सहित निम्न मिति, स्थान र समयभित्रमा दरखास्त दिन गनुरोध गरिन्छ ।

विवरणः

१. विज्ञापन: ०४-०६२/०८३

२. दरबन्दी सहायक प्रशिक्षक

३. संख्या: १ जना

४. विषय: सिभिल इन्जिनियरिङ

५. शैक्षिक योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट ओभरसियर तह पुरा गरेको

६ वान्छनीय योग्यताः सबन्धित विषयमा स्नातक तह पुरा गरेको। मा वि (९,१०) तहमा विज्ञान विषय अध्यापन गराउन सक्ने।

६. दरखास्तसँग पेश गर्नुपर्ने आवश्यक कागजात तथा प्रमाणपत्रहरु सम्पूर्ण शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, नेपाली नगरिकताको प्रमाणपत्रको प्रतिलिपि ।

७. उमेरको हद: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।

८. निवेदन दस्तुर : रु २०००/- (दुइ हजार रुपैयाँ) मात्र ।)

९. दरखास्त दिने अन्तिम मिति २०८२/१०/०५

१०. सम्पर्क मिति : २०८२/१०/०६ गते बिहान १०:०० बजे

११. दरखास्त बुझाउने स्थान हनुमन्तेश्वर माध्यामिक विद्यालय (नमुना) वैतेश्वर -०४, दोलखा वा

hanumantes@gmail.com मा ।

१२. तलव स्केल: नेपाल सरकारको नियमानुसार ।

१३. परीक्षा हुने स्थान: वैतेश्वर गाउँकार्य पालिकाको कार्यालय पाँडुडाँडा, दोलखा ।

१४. परीक्षा मिति: सम्पर्क मितिमा तोकिने छ ।

१५. परीक्षाको किसिम लिखित, मौखिक र आवश्यक परेमा प्रयोगात्मक समेत ।

१६. सम्पर्क नं.: ९८५४०४५६४२, ९८४००१९०९५, ९८५४०४५६४३ 



Post a Comment

0 Comments