वैतेश्वर गाउँपालिकाको छैटौं राष्ट्रपति रनिङ शिल्ड हनुमन्तेश्वरको हातमा


वैतेश्वर गाउँपालिकाको अन्तर विद्यालय स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हनुमन्तेश्वर माध्यामिक विद्यालय काब्रे प्रथम भएको छ ।

प्रतियोगिता अन्तरगत भएका विभिन्न खेलबाट १३ स्वर्ण पदक, ५ रजक र २ कास्य पदकसहित कुल २० ओटा प्राप्त गरेर हनुमन्तेश्वर माध्यामिक विद्यालय प्रथम भएको हो । त्यसैगरी ६ स्वर्णसहित १४ पदक प्राप्त गरेर जनज्योति माध्यामिक विद्यालय गैरीमुदी दोस्रो र २ स्वर्णसहित १० ओटा पदक प्राप्त गरेर कालिढुङ्गा माध्यामिक विद्यालय मिर्गे तेस्रो भएका छन् ।

प्रतियोगितामा सहभागि भएका पालिकाभित्रका नौ ओटा माध्यामिक विद्यालयमध्ये कालिका माध्यामिक विद्यालय मार्बु र लालिगुराँस सेकेण्डरी बोर्डिङ स्कुल मिर्गे पदकविहीन बनेका छन् । प्रतियोगितामा कुल २२ विधामा प्रतिस्पर्धा भएको थियो ।

Post a Comment

0 Comments