सामाजिक परीक्षणका लागि आधार लिइएका दस्तावेजहरु
क. विद्यालय सामाजिक परीक्षण मापदण्ड २०७८
ख. वि.व्य.स., शिक्षक स्टाफ, पि.टि.ए., सामाजिक परिक्षण, अभिभावक भेला माइन्युट
ग.शिक्षक विद्यार्थी उपस्थिती अभिलेख
घ. लेखा अभिलेख
च. स्टोर अभिलेख
छ. विद्यालय सुधार योजना
ज. विद्यालय स्व: मूल्याड्ढन
झ. शिक्षण सिकाई सुधार योजना
ञ. बाह्य लेखा परीक्षकको प्रतिवेदन
ट. विद्यालयका अभिलेखीकरण दस्तावेजहरु
अघिल्लो वर्षको सुझाव कार्यान्वयन अवस्था
क. अघिल्लो वर्ष ११ वटा सुझावहरु सबै कार्यान्वयन भएको तर २ वटा सेवा क्षेत्रका वालवालिकाहरुको तथ्याड्ढ लिने कार्य आंशिक मात्र भएको र छात्रवासमा वुक कर्नर व्यवस्था गर्ने सुझाब कार्यन्वयन नभएको पाइन्छ ।
समष्टिगत सुझाव
क. विद्यालय व्यवस्थापन
१. मापदण्ड अनुसार स्टाफ बैठक हुनुपर्ने ।
२. शिक्षकको जिम्मेवारी कार्यकक्षमा टाँस गर्नुपर्ने ।
३. स्मार्ट टेलिभिजनको संख्या थप गर्नुपर्ने ।
४. सेवा क्षेत्रका वालवालिकाहरुको तथ्याङ्क लिनु पर्ने
ख. शैक्षिक उपलब्धि
१. छात्रावासमा बुक कर्नरको व्यवस्था गर्नु पर्ने
२. विद्यार्थीहरुलाई नियमित पृष्ठपोष्ण प्रदान गर्नु पर्ने ।
३. अतिरिक्त तथा सहकृयाकलापमा जोड दिनु पर्ने ।
४. विद्यार्थी तथा अभिभावकलाई उत्प्रेरणत्मक कक्षाहरुको व्यवस्था गर्नु पर्ने ।
५. विद्यालय हाता भित्र विद्यार्थीहरुको मोवाइल तथा इन्टरनेटको प्रयोगलाई व्यवस्थित गर्नु पर्ने ।
ग. आर्थिक अवस्था
१. आर्थिक कृयाकलापको विवरण चौमासिक रुपमा सर्वजानिक गर्नु पर्ने ।
२ भौचर उठे पस्चात अनिवार्यरुपमा समयमा प्रमाणित गर्नु पर्ने ।
0 Comments