हनुमन्तेश्वर मा.विको विद्यामान वस्तुस्थिति भावी कार्यदिशा

पूर्वमा जिरी नगरपालिका, पश्चिममा भिमेश्वर नगरपालिका, उत्तरमा गौरीशङ्कर गाउँपालिका र दक्षिणमा तामाकोसी गाउँपालिकाको केन्द्रविन्दुमा वैतेश्वर गाउँपालिका पर्दछ । उक्त वैतेश्वर गाउँपालिकाभित्र सञ्चालित माध्यमिक विद्यालयहरुमा हनुमन्तेश्वर मा.वि. पनि एउटा शैक्षिक धरोहर हो । हनुमन्तेश्वर मा.वि वैतेश्वर गाउँपालिकाको मात्रै नभएर समग्र दोलखा जिल्लाकै शैक्षिक धरोहर बनेर उभिएको छ ।  विगत देखिको गौरवशाली इतिहास र वर्तमानको  विरासतलाई जोगाउनु नै यसको कर्म हो । अग्रजले नासोका रुपमा सुम्पिएको यो सौगातलाई समयको माग र विश्व जनीन परिवर्तनलाई समेत आत्मसात् गरी भावी पुस्तालाई हस्तानान्तरण गर्नु यसको मूल धर्म हो । वि.सं.२०१६ मा स्थापना भएको यस विद्यालय तत्कालीन अवस्थामा प्राथमिक तहबाट शिशुअवस्था हुँदै सञ्चालनमा आएको थियो । नि. मा. वि. बाट बामे सर्दै हाल बाल कक्षादेखि बाह्र कक्षा सम्म पठनपाठन हुँर्दै आएको छ ।

 विद्यालयको प्रवेशद्वारमा विद्यालयको संक्षिप्त परिचयहाल अध्ययनरत विद्यार्थी सङ्ख्याशिक्षक–कर्मचारी विवरणविद्यालय स्थापना इत्यादि कुरा समावेश छ  । सबै सार्वजनिक स्थलमा राखिने नागरिक वडापत्रलाई विद्यालयले पनि निरन्तरता दिएको छ । शिक्षा नियमावली २०५९ को नियम  अनुसार शिक्षकका ११ ओटा र विद्यार्थीका ७ ओटा आचार संहिता उल्लेख गरिएको छ ।  विद्यालयका प्रत्येक दिनका गतिबिधि सम्पूर्ण सरोकारवाला पक्षलाई अद्यावधिक गराउने प्रयोजनले प्रशाशनिक कक्षको प्रवेशद्वारमा शिक्षक विद्यार्थी उपस्थिति विवरणअनुपस्थित शिक्षकप्रत्येक कक्षामा विद्यार्थीको उपस्थिति दरअनुपस्थित शिक्षकको कक्षा व्यवस्थापन कार्यतालिकादिनभर शिक्षकले सम्पादन गर्नुपर्ने कार्यविवरणसहितको सूचना आदि समावेश गरिएको छ । विद्यालयका प्राज्ञिक पक्षलाई व्यवस्थित बनाउने हेतुले ३ ओटा कक्षकोठालाई प्रशाशनिक कक्षको रुपमा प्रयोग गरिएको छ । पहिलो कक्षबाट प्रधानाध्यापकसहायक प्रधानाध्यापक र कर्मचारी फाँटबाट हुने कार्यसम्पादन गरिन्छ । उक्त कक्षमा डिजिटल हाजिरको समेत व्यवस्था गरिएको छ । दोस्रो कक्षबाट परीक्षा तथा मूल्याङ्कनका गतिबिधि सम्पादन गरिन्छ । जहाँ गणितविज्ञान र इन्जिनियरिङ् विभागको व्यवस्था गरिएको छ । तेस्रो कक्षमा नेपालीअङ्ग्रेजीसामाजिक विभाग छन् । यी सबै विभागले आ–आफ्ना विभागीय काम कारवाही सम्पन्न गर्ने गरिन्छ । प्रत्येक महिना विभागले आ–आफ्नो विभागको बैठक राखी आगमी दिनका कार्ययोजना तय गर्नुका साथै विभागले सम्पन्न गरेका गतिबिधि समेटेर प्रशासन समक्ष प्रतिवेदन पेश गर्ने गरिन्छ । अतिरिक्त तथा सहकार्यकलाप समितिपरीक्षा तथा मूल्याङ्कन समितिप्रार्थना सभा समितिस्वास्थय तथा सरसफाइ समितिखेदकुद समितिकम्प्युटर व्यवस्थापन समितिचमेना गृह समितिप्रकाशन समितिखरिद तथा बिक्री समिति गठन गरिएको छ । यी समितिले आ–आफ्नो विभागको बैठक राखी आगमी दिनका कार्ययोजना तय गर्नुका साथै हाल सम्पन्न गरेका गतिबिधि समेटेर प्रशासन समक्ष प्रतिवेदन पेश गर्ने गरिन्छ ।

विद्यालयले प्रत्येक शिक्षकलाई प्रविधिसँग जोड्ने उद्देश्यले एक शिक्षक एक ल्यापटपको व्यवस्थापन गरेको छ । जसमा शिक्षकले अध्यापन गराउने विषयसँग सम्बन्धित पाठ्यक्रमपाठ्यपुस्तकशिक्षक निर्देशिकाअन्य सन्दर्भ तथा स्रोत सामग्रीवार्षिक कार्ययोजनाएकाइ योजनादैनिक पाठयोजनाशिक्षण सामग्री इत्यादि समावेश गरिएको हुन्छ । विद्यार्थीका वैयक्तिक विवरणकक्षागत र विषयगत नतिजा जस्ता कार्य पनि शिक्षकले नै सम्पादन गर्ने गरिन्छ । लोकसकार्प पनि ल्यापटपमा स्वयम् शिक्षकले तयार पारिन्छ । विद्यालयमा कम्प्युटर र विज्ञान प्रयोगशालाको सुव्यवस्थित प्रयोग छ । १०० जना विद्यार्थीले एकैपटक सिक्न सक्ने गरी कम्प्युटर ल्यावको व्यवस्थापन गरिएको छ । विद्यार्थीको सिकाइलाई थप अकर्षित बनाउन श्रव्य दृश्य सिकाइमा जोड दिन भर्चुअल कक्षा र त्यसमा प्रोजेक्टरको समेत व्यवस्थापन गरिएको छ । सैद्धान्तिक ज्ञानलाई व्यावहारिक बनाउने उद्देश्यले विज्ञान प्रयोगशालाको पनि समुचित व्यवस्थापन गरिएको छ । भौतिकरासायनिक र जीवविज्ञानका छुट्टा छुट्टै प्रयोगशाला कक्ष उपलब्ध छन् ।

कक्षकोठालाई प्रविधिमुखीविद्यार्थी केन्द्रित र शिक्षक मैत्री  बनाइ विद्यार्थीलाई सिकाइमा सक्रिय बनाउने हेतुले कक्षामा सूचना बोर्डजबचार्टडिस्प्ले बोर्डबुक कर्नरलभजारस्र्माट टिभिबास स्पिकरसिसि क्यामेरा आदि व्यवस्थापन गरी व्यवस्थित बनाइएको छ । शिक्षक उपस्थिति हाजिरले शिक्षकमा समयको पालना र व्यवस्थापन कौशल विकास गरेको छ । विद्यार्थी कार्यविभाजन तालिकाले विद्यार्थी स्वयम्लाई उत्तरदायी बनाएको छ । विद्यार्थीका लागि तयार पारिएको सूचना पाटीले विद्यार्थीको उपस्थितिदर दिनभर गर्नुपर्ने गतिबिधिलाई सङकेत गरेको छ । प्रत्येक कक्षामा राखिएका बुक कर्नर र ती पुस्तकलाई फुर्सदको समयमा अध्ययन गर्ने बानीको विकासले विद्यार्थीमा अतिरिक्त ज्ञानको दायरा विकासमा टेवा पुगेको छ । कक्षाकोठामा राखिएका स्मार्ट टेलिभिजनले प्रोजेक्टरको अवधारणालाई सङ्कुचित बनाइदिएको छ । सिसि क्यामेराको व्यवस्थापनले कक्षा नियन्त्रण गर्नविद्यार्थीका हराएका सामग्री खोज गर्नविद्यार्थीका व्यवहारहरुलाई छद्म ढङ्गबाट अवलोकन गरी सोही अनुरुप योजना बनाई शिक्षण गर्न सहयोग पुगेको पाइन्छ । बास स्पिकरको सहायताबाट विद्यार्थीलाई तत्कालै निर्देशन दिन सहयोग पुगेको छ ।  कक्षमा स्वच्छ चिसो र तातो पिउने पानीको व्यवस्थाविद्यार्थीका क्षमता प्रदर्शन गर्ने प्रदर्शन बोर्डको व्यवस्थापनमिश्रित विद्यार्थी बसाइ र सोही अनुरुप समूह विभाजन इत्यादि कार्य पनि कक्षाकोठा व्यवस्थापनका सबल पक्ष हुन् । प्राथमिकनिम्न माध्यमिक र माध्यमिक तहका कक्षा छुट्टा छुट्टै भवनमा सञ्चालन गरिएको छ । छात्र छात्राका लागि छुट्टा छुट्टै छात्रावास तथा शौचालयको व्यवस्था छ । प्रत्येक भवन र कक्षाकोठामा बिजुली र सोलार बत्तीको व्यवस्था छ । टाढाबाट आउने विद्यार्थीका लागि विद्यालय बसको समेत व्यवसथा छ । सस्तोगुण्स्तरीय र अर्गानिक खाजा तथा खानाको लागि चमेना गृहको व्यवस्था छ ।

 वर्तमानको आधार विगत हो भने भविष्यको मार्गदर्शन वर्तमान हो । यही कडीलाई आधार मानेर हनुमन्तेश्वर मा.विले भावि कार्यदिशा तय गर्र्दै गइरहेको छ । आगामी दिनका लागि विद्यालयले तय गरेका रणनीतिक योजनाहरुलाई निम्नानुसार बुँदाबद्ध गरिएको छ :

  • विद्यालय परिसरमा घेरा तारबारको व्यवस्था गर्ने,®    विद्यालय भवन अगाडिको चउर र भलिबल कोटको स्तरोन्नति गर्ने,
  •  बाल कक्षाको स्तरोन्नती गर्ने,
  •  कक्षा एक भन्दा तलका कक्षाका विद्यार्थीलाई  पुस्तक विना  विद्यालय आउने वातावरण बनाउने ,
  • सबै कक्षामा स्मार्ट बोर्डको व्यवस्था गर्ने,
  • कक्षा एकसम्म मन्टेश्वरी पद्धतिबाट शिक्षण गरिने,
  • सिकाइ उपलब्धि वार्षिक २ प्रतिशतले वृद्धि गर्ने
  • शिक्षण सिकाइलाई विद्यार्थी केन्द्रित बनाउन निम्नानुसासर सिकाइ वयवस्थापनमा जोड दिने

पूर्णरुपमा बालकेन्द्रित शिक्षण सिकाइकार्यकलापमा आधारित शिक्षण सामग्री सहितको सिकाइप्रोजेक्ट वेस् शिक्षण सिकाइ अनुसन्धानमा आधारित शिक्षण सिकाइसिकारुको रुचि र क्षमतामा आधारित शिक्षण योजनामा आधारित सूचना प्रविधि मार्फत पूर्णरुपमा निदानात्मक शिक्षण सिकाइ गर्ने ।

  • वश्यकता अनुसार अतिरिक्त कक्षा संचालन गर्नेअभिभावक शिक्षा र सिकाइमा समुदायको अन्तरक्रियालाई प्रर्याप्त स्थान दिने
  • समकक्षी कक्षा अवलोकन र पृष्ठपोषण र शिक्षण सिप अभिवृद्घि तालिम सञ्चालन गर्ने,
  • प्राथमिक तहमा एकिकृत शिक्षण सिकाइ गर्ने,
  • सतप्रतिशत उपस्थित हुने शिक्षक विद्यार्थीलाई पुरस्कारको व्यवस्था गर्ने,
  • विद्यार्थीबाट कक्षाकोठामा शिक्षक उपस्थिति फारमको रुजु गरी प्रतिवेदन दिने,
  • कक्षाकोठा भवन निर्माण र छुट्टै पुस्तकालयको व्यवस्था र सामाजिक प्रयोगशाला (संग्राहलयको व्यवस्था)निमार्ण गर्ने,
  • अडिटोरियम हलवास्केट वल कोटफनपार्कबुक कर्नरको व्यवसथापन गर्ने,
  • विद्यालय व्यवस्थापन समितिशिक्षक अभिभावक संघ र अभिभावकद्वारा विद्यालय अनुगमन
  • उत्कृष्ट विद्यालय अवलोकन भ्रमण गर्ने र असल अभ्यास आदानप्रदान गर्ने,
  • योजना निर्माण तथा समीक्षा गोष्ठी गर्नेशिक्षण सामग्री निर्माण कार्यशालाशैक्षिक सामग्री प्रर्दशनी गर्ने,
  • आर्थिकरुपले विपन्न बाबालिकाहरुलाई विद्यालय पोशाकका तथा अन्य सामग्रीको व्यवस्था गर्ने
  • वर्षमा कम्तिमा दुईपटक वि.व्य.सपिटिए र शिक्षकको संयुक्त बैठक गर्ने
  • अभिभावकशिक्षक तथा विद्यार्थी सम्मान तथा पुरस्कार कार्यक्रम सञ्चालन गर्ने,
  • विद्यालयमा हुने सबै बैठकहरुमा अनिवार्य  विद्यार्थी प्रतिनिधिको उपस्थिति गराउने ।

अत : हनुमन्तेश्वर मा.विले जति पनि सफलता प्राप्त गर्‍यो त्यो यहँको समाजसरोकारवाला पक्षबुद्धिजीवी वर्गशिक्षाविद् लगनशील शिक्षकजिम्मेवार अभिभावकउत्तरदायी प्रशासन र कुशल व्यवस्थापनको संयोजनबाट मात्रै सम्भव भएको कुरामा कुनै सन्देह छैन । विद्यालयले आगमी दिनहरुमा अझै सफलताको सोपान चढ्न यिनै पक्षसित हातेमालो गर्नु नै पर्छ तब मात्र लक्ष्यसहितको गन्तव्यमा पुग्न सकिनछ र सम्भव पनि छ ।

Post a Comment

0 Comments