हार्दिक बधाई

यस हनुमन्तेश्वर माध्यमिक विद्यालय (नमुना) वैतेश्वर-४, दोलखाको एस.इ.ई. (SEE) व्याच २०८० की मेधावी छात्रा यमुना लामिछाने ले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायद्वारा सञ्चालित CMAT परीक्षामा ९३/१०० अङ्क ल्याएर नेपाल टप (All Nepal CMAT Topper) गर्दै ऐतिहासिक सफलता हासिल गर्नुभएकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना!

यहाँको यो शानदार उपलब्धिले विद्यालय, परिवार र समग्र दोलखा जिल्लाकै गौरव बढाएको छ। आगामी शैक्षिक यात्रा र भविष्यका दिनहरूमा पनि यस्तै सफलता र प्रगतिको निरन्तरता रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

विद्यालय परिवार 





Post a Comment

0 Comments