विजयादशमी २०८३ को हार्दिक शुभकामना



​नेपालीहरूको महान् राष्ट्रिय पर्व बडादशैँ तथा विजयादशमी २०८३ को पावन अवसरमा यस हनुमन्तेश्वर माध्यमिक विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरू, अध्ययनरत सम्पूर्ण प्यारा विद्यार्थी भाइबहिनीहरू, आदरणीय अभिभावकज्यूहरू, विद्यालय व्यवस्थापन समिति, शिक्षक-अभिभावक सङ्घका पदाधिकारीहरू तथा देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

​नवदुर्गा भवानीको असिम कृपाले हामी सबैमा सत्य, न्याय र सदाचारको मार्गमा हिँड्ने प्रेरणा मिलोस्। यस पावन पर्वले हाम्रो विद्यालय परिवार, अभिभावक र समुदायबीचको आपसी एकता, भ्रातृत्व र सद्भावलाई अझ प्रगाढ बनाउँदै हाम्रा विद्यार्थीहरूको उज्ज्वल भविष्य र सर्वाङ्गीण विकासमा थप ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दछौँ।

​पुनः सम्पूर्णमा विजयादशमी तथा आउँदै गरेका शुभ दीपावली एवम् छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना!

​प्रधानाध्यापक तथा समस्त हनुमन्तेश्वर माध्यमिक विद्यालय परिवार

वैतेश्वर-४, दोलखा

Post a Comment

0 Comments