यज्ञराज ढुङ्गेल
पुर्व प्रधानाध्यापक
२०१५ सालको कुरा हो त्यस बखत म १२ वर्षको थिएँ । स्कूल भन्ने कस्तो हुन्छ हामीले नामसम्म पनि सुनेको थिएन । मेरा बुबा त्यस बखतका जल्दाबल्दा पुरोहित हुनुहुन्थ्यो । उहाँको चाहना हामी सबै छोराहरूलाई कर्मकाण्ड सिकाएर आफ्नो परम्परागत पेशालाई निरन्तरता दिन चाहनुहुन्थ्यो । मेरा जेठा दाजु नेत्रपाणि ढुङ्गेल त त्यस बेलाको पण्डित बनिसक्नुभएको थियो । उहाँ गाउँका पढेलेखेका विद्वान् मानिसहरूमा गनिनुहुन्थ्यो । त्यस बेला यस्ता लेख्न पढ्न जान्ने मानिसहरू कमै पाइन्थे । गाउँघरमा लेनदेन गरेका कागजातहरू तमसुक, रसिद आदि लेख्न सक्ने मानिसहरू १,२ जना मात्र पाइन्थे । बाँकी सबै निरक्षर मात्र पाइन्थे । त्यस बेलाको आर्थिक अवस्थाको कुरा गर्नु यहाँ सान्दर्भिक हुँदैन । अनिकालबाट भोकभोकै मर्ने कुरा त सामान्य नै थियो भने त्यसबेलाको त्यो अशिक्षित समाजको चेतनाको स्तर झन कस्तो थियो होला ? हुनत २००७ सालदेखि २०१७ सालसम्म नेपालको राजनीतिक अवस्थाले कोल्टो फेरेको इतिहास छ तर आम जनताहरूमा राजनीतिक चेतना र नागरिक दायित्वको बोध भने त्यति नभएको त्यस बेलाको मेरो केटाकेटी अनुभवले पनि महसुस गरेको छ । २०१५ सालमा पहिलो आमचुनाव भयो । त्यति बेला पनि केही इनेगिनेका मानिसहरू पार्टीहरूको पक्ष र विपक्षमा लाग्ने प्रकृया विद्यमान थियो नै तर किन त्यो पार्टी र यो पार्टीमा लाग्ने भन्ने खालको विश्लेषण गरेर निर्णय गर्न सक्ने क्षमता भने त्यति थिएन । त्यस बेलाका गांउँका ठालुहरू राणाहरूको प्रभावबाट प्रेरित भै गोर्खा परिषद्को पक्षमा थिए । चुनाव प्रचारको सिलसिलामा विभिन्न गीतहरूको रचना गरेर गाँइने पनि गरिन्थ्यो । मलाई गीतको सबै हरफहरू त आउँदैन तर "गोर्खे पाटी हाम्रो, यसैलाई भोट दिउँ अरूभन्दा राम्रो" भन्ने वाक्यांश चाहि मलाइ अझै पनि सम्झना छ । त्यस बेला यहाँका सबैजना मानिसहरू गोर्खा परिषद्को पक्षमा देखिन्थे त्यसको नेतृत्व गर्नेहरू, जिम्मावाल मुखियाहरू र पढेलेखेका केही व्यक्तिहरू पर्दथे । गौरीकान्त दहाल, रामप्रसाद दाहाल, नेत्रपाणी ढुङ्गेल, पदमबहादुर खड्का, दधिराम उप्रेती, छविलाल दहाल आदि प्रमुख थिए ।
एक दिनको सानु घटनाले गर्दा यस गाउँको राजनीतिमा ठूलो परिवर्तन आयो । रामप्रसाद दहालको घरमा एक जना कांग्रेसको नेता रेडियो लिएर आएछन् । यहाँका मानिसहरूले त्यसबेला रेडियो भन्ने कुरा देखेको पनि थिएन । रेडियो बजाएपछि सबै मानिसहरू छक्क परे र अचम्म पनि माने र कांग्रेसलाई भोट दिने मनस्थितिमा पुगे किनभने कांग्रेसको मानिसले यो अचम्मको वस्तु प्रदर्शन गर्न सकेको थियो । गोर्खा परिषद्को पक्षमा प्रचार गर्ने यिनै मानिसहरू यो। घटनापछि एक्कासी कांग्रेसको प्रचार-प्रसार गर्न थाले । 'गोर्खे पाटी हाम्रो" भन्नेहरूले मृगेन्द्र शम्सेर, भरत शम्सेर तिनका बाबुले, एकसय चार वर्षसम्म राज्य गर्दा के काम गरेथे ? भन्ने गीत गाउन थाले । अन्त्यमा, सबै गाउँनै कांग्रेसलाई भोट हाल्ने पक्षमा भयो र भोट कांग्रेसले नै पायो । गोर्खा परिषद्को पकड भएको यो क्षेत्रमा पनि कांग्रेसकै विजय भयो ।
मैले यस हनुमन्तेश्वर उच्च मा.वि.को सन्दर्भ कोट्टयाउँदा त्यस बेलाको राजनीतिको बारेमा कोट्याउन किन सान्दर्भिक ठान्दछु भने यो विद्यालयको स्थापना पनि यसै चुनावसँग सम्बन्धित छ । गोर्खा परिषद्को पकड भएको यो क्षेत्रमा कांग्रेसको विजय हुनुको कारण खोजी गर्दा काब्रेका मानिसहरू खास गरी नेत्रपाणी ढुंगेल, गौरीकान्त दहाल र पदमबहादुर खड्काको विशेष भूमिका रहेको भन्ने कुरा नाम्दु स्कूलका प्रधानाध्यापक रघुनाथ भण्डारीबाट पत्तो लागेपछि यस गांउँका लागि केही काम गरी दिने कुरा भएछ । गाउँका यी प्रतिष्ठित व्यक्तिहरूले अरू कुरालाई थाती राखेर पहिलो आवश्यकता शिक्षा नै हो भनेर स्कूल माग्ने निर्णय गरेर माग पठाएछन् । त्यसबखत शिक्षासम्बन्धी सरकारी निकाय दोलखामा थिएन । रामेछापवाट सबै काम हुने गर्दथ्यो । नेत्रपाणि ढुंगेललाई रामेछापमा झिकाएर एकवर्षको एकमुष्ठ आर्थिक अनुदान रु. ६०० र स्कूलको स्वीकृति-पत्र प्रदान गरियो । यसरी भयो हनुमन्तेश्वर उच्च मा.वि.को जन्म । कसलाई थाहा थियो होला यो स्कूल आजका बालबालिकाको भविष्य निर्माण गर्ने थलो बन्ला भनेर । त्यो अन्धकारमय जमानामा कसलाई थाहा थियो होला, गाउँका सबै बालबालिका, महिला वा पुरुष, धनी वा गरीव, छोरी वा बुहारी, सबै जनाले निर्वाध रूपमा शिक्षा पाउने अवसर पाउने थलो बन्ला भनेर। के स्कूल स्थापना गर्ने नेत्रपाणि ढुंगेललाई थाहा थियो होला त ? उनको नातिलगायत कैयन विद्यार्थीहरू यो स्कूलमा पढेर सिधै सेण्ट जेभियर कलेजजस्ता उच्चस्तरीय कलेजहरूमा प्रतिस्पर्धा गरेर पढ्न सक्षम बनाउन सकिएला भनेर ? जेसुकै भएपनि यिनीहरूले शिक्षालाई पहिलो प्राथमिकताको रूपमा लिनु त्यस बेलाको सही र दूरदर्शी निर्णयले काब्रे गाउँको मात्र होइन कि यस भेगका मानिसहरूको भविष्य उज्ज्वल बनाएको छ । यो कामले यस भेगका मानिसहरूले शिक्षादीक्षा पाएर माथिल्लो स्थान ओगट्न सफल भएका मात्र होइन कि आजका बालवालिकाको उज्ज्वल भविष्य निर्माण गर्न पनि उत्तिकै महत्वपूर्ण भूमिका खेलेको छ ।
त्यस बखत स्कूल सञ्चालन गर्न कुनै किसिमको सार्वजनिक भवनहरू पाइँदैनथ्यो । सार्वजनिक भवनहरूको नाममा ढाकेहरू बास बस्न बनाएका पाटी पौवाहरू कतैकतै पाइन्ये भने अरू कुनै किसिमका स्कून चनाउन उपयुक्त हुने घरहरू थिएनन् । त्यसकारण हाम्रो गाउँको सबभन्दा पहिलो स्कन बारीका पाटाहरूमा सन्चालन हुन थाल्यो त्यस पछि सिरियेको जोगी बस्ने पाटीमा । २०१७ १८ साल तिर नेत्रपाणि, गौरीकान्त, दधिराम उप्रेती र केही मानिसहरू मिलेर बगरमा एककोठे विद्यालय निर्माण गरियो र यसैमा स्कूल सञ्चालन हुन बाल्यो । विद्यार्थीहरू कापी कलमको सट्टा काठका पाटी र खरी बोकेर जाने गर्दथे। त्यति बेला कपि कलमको चनन अनि अनि मात्र चलेको थियो र मानिसहरू संग कापि कलम किन्न सक्ने क्षमता पनि थिएन । त्यस बेनाका विद्याचीहरूमा गगनप्रसाद दहाल, इन्द्रप्रसाद दहाल, पुस्करकमार दहान, शिवप्रसाद दहाललगायत १० जना जति भएको मलाई सम्झना छ। तर मैले भने यस स्कूलमा अध्ययन गर्ने अवसर कहिल्यै पनि पाइन किनभने मेरो दाइनै हेडमाष्टर भएको हुनाले किन स्कुल जानुपर्यो घरैमा विहान बेलुका पढे भइहाल्छ नि भनेर मेरो बुवाले स्कूल जान दिनु भएन । म चाहि दिउँसो बाखा चराउने र विहान वेलुका कर्मकाण्ड पढ्ने गर्दचे। तर स्कूल गएर पढ्न नपाएकोमा म असाध्य दुखित थिए ।
२०२० सानमा छविलाल दहाल गाउँका प्रधानपञ्च भए। त्यसपछि उनले स्कूल हान सञ्चालन भइरहेको स्थान ज्यामिरेमा सार्ने प्रस्ताव गरे । गाउँको माझमा पर्ने भएको हुनाले सबैजनाको सहमति भयो। स्कूल बनाउन रङ्गलान लामिछानेले हान हास्टेन बनेको ठाउको जग्गा प्रदान गरे । त्यहां ३ कोठे स्कूल भवन धमदानबाट बनेको थियो । २०२३ सालमा मैले काठमाडौंबाट एस एल सी पास गरेपछि २०२४ साल भाद्रदेखि २०२५ साल ज्येष्ठसम्म यस स्कुलको शिक्षक भएर काम गरे। त्यसबेला करिव ६० जना विद्यार्थी र २ जना शिक्षक थियौ । त्यसकारण हामी बहुकक्षा शिक्षण पद्दति लागू गरेर पढाउन बाध्य थियौ । त्यसबखत पुण्यप्रसाद घिमिरे यस स्कूलका हेडमाष्टर हुनुहुन्थ्यो। गाउँमा स्कुलको शिक्षकलाई नेताहरूले हेप्ने र आफ्नो प्रभुत्व जगाउने काम त्यसबेला पनि कम थिएन। काठमाडौंबाट भर्खर गाउँमा गएको मानिस गाउँको राजनीतिमा मलाई थाहै थिएन। एकजना त्यसवेलाका जल्दाबल्दा पञ्चनाई केमा चित्त बुझेन मलाई थाहै भएन। अलिकति के भनाभन भएको थियो, उनले मलाई झुलेको स्कूलमा सरुवा गरेर पत्र पठाउन लगाएछन् । ४ पटक पत्र आउँदापनि म त्यस ठाउँमा नगएर यही पढाएर बसिरहे । बल्लबन्न १० महिना पुऱ्याएर आफ्नो तलव लिएर काठमाडौं जान सफल भएं ।
त्यसपछि पनि यस स्कूलले विभिन्न आरोह अवरोहहरू पार गर्दै गयो । २०३१ सालमा नयाँ शिक्षा लागू हुँदा १ देखि ५ कक्षासम्मको प्राथमिक संरचना १ देखि ३ कक्षामा कायम गरियो । यो परिवर्तनबाट यो विद्यालयको अवनति भई ३ कक्षासम्म मात्र चलाउन पाउने भयो । यसबाट विद्याचीहरूलाई ठूलो माकां पर्न गयो किनभने त्यसबखत सवभन्दा नजिकको नि.मा.वि. नाम्दुमा मात्र थियो। ४ कक्षामा पढ्ने विद्यार्थीहरूको उमेर सानै हुने हुनाले नाम्दुमा गएर पढेर आउन सक्ने अवस्था थिएन। त्यसै बखत जिल्ला शिक्षा अधिकारी श्रद्धामान शाक्य जिरी जाने क्रममा मेरो घरमा आएर बस्नुभयो। म त्यति बेला नाम्दू स्कूलको प्रधानाध्यापक थिए । उहाँलाई यो अवस्थाको जानकारी गराएपछि यस स्कुललाई निम्नमाध्यमिक तहको स्वीकृति प्रदान गर्न सहमत हुनुभयो। नि.मा.वि.मा बढुवा भएपछि स्कूललाई धेरै कक्षा कोठाहरू चाहिने हुनाले जग्गा र भवनको आवश्यकता पर्यो। जग्गा दिलाउने क्रममा तुलसीप्रसाद घिमिरे र गोपिकृष्ण घिमिरेले आर्थिक सहयोग गर्नुभयो भने भवन निर्माण गर्ने क्रममा बाबुराम दहाल र तुलसीप्रसादको महत्वपूर्ण योगदान रहेको छ। त्यस बखत भवनको गारो लगाउने खर्च बाबुराम दहालले र काठ तथा छानोको खर्च तुलसीप्रसादले व्यक्तिगत रूपमा व्यहोर्नुभएको थियो ।
२०४२ सालसम्म यो विद्यालय नि.मा.वि. तहमा नै सञ्चालन भयो। २०४२ सालमा निजी श्रोतमा सञ्चालन हुने गरी माध्यमिक तहको स्वीकृति प्राप्त गर्यो। यस स्कूललाई माध्यमिक तहमा पुऱ्याउने क्रममा श्री पशुपति चौलागाईं, तत्कालिन प्रधानपञ्च बावुराम दहाल, पूर्व प्र.अ. कुमारनाथ दहाल, पुस्करकुमार दहाल र गगनप्रसाद दहाल आदिको विशेष योगदान छ ।
माध्यमिक तहमा बढुवा भएपछि यस स्कुलले धेरै समस्याहरू झेल्नुपर्यो । भवन तथा फर्निचरको अभाव, शिक्षकको अभाव एकै पटक देखा पर्नथाले। स्कूलमा १० वटा कोठा थिए र दशैवटा कक्षा थिए । एउटा कोठा अफिसको लागि प्रयोग हुने हुँदा एउटा कक्षा सधै बाहिर चौरमा सञ्चालन गर्नुपर्दथ्यो। कोठा अत्यन्त साना भएका हुनाले विद्यार्थीहरूलाई वस्न अत्यन्त कठिन थियो । शिक्षकहरूको तलव दिन सकिएको अवस्था थिएन। योग्य र दक्ष शिक्षकको अभावका कारण पढाइ राम्रो हुन सकेको थिएन ।
२०४४ सालमा मैले नाम्दू स्कूलको सरकारी दरबन्दीवाट राजिनामा दिएर यस स्कुलमा निजीस्रोतको शिक्षकको रूपमा काम गर्न सहमत भएर यहाँ प्रवेश गरें। मैले स्कूलमा प्रवेश गर्दा यसको अवस्था अत्यन्त नाजुक भएको कुरा मैले माथिनै बताइसकेको छु । यसको सुधार गर्न अत्यन्त कठिन थियो। किनभने यहां आर्थिक समस्या मात्र होइन शिक्षक र विद्यार्थीका अनुशासनमा हास, समाजको स्कुलप्रतिको नकारात्मक धारणा, भौतिक संरचनाको अभाव, शैक्षिक स्तरको कमी आदि जल्दाबल्दा समस्याहरू हाम्रो अगाडि चुनौतिको रूपमा उभिएका थिए । त्यस बखत स्कुलको विकास हुनुपर्छ भन्ने मान्यता राख्ने शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको सङ्ख्या पनि कम थिएन। स्कुलका शिक्षकहरू पशुपति चौलागाई, भिमप्रसाद दहाल, विष्णुप्रसाद चौलागाईलगायतका साथीहरूले स्कुलको विकास गर्न कम्मर कसेर लाग्नुभयो । स्कुलका शिक्षकहरू, विद्यार्थीहरू र गाउलेको सक्रिय सहयोगमा विद्यालयको प्रगति दिनानुदिन बढ्दै गयो र छोटो अवधिमा नै यो विद्यालय दोलखा जिल्लाका अन्य विद्यालयहरूको दाँजोमा उभिन सफल भयो । २०५२ सालमा यस विद्यालयले स्थायी अनुमति पायो। यस वेला यसले आफ्नो भौतिक सुविधा र शिक्षकको व्यवस्था गर्न सफल भएको थियो । त्यसकारण २०५३ सालमा यस विद्यालयले उच्च माध्यमिक शिक्षा परिषद्बाट उच्च माध्यमिक विद्यालयको रूपमा सम्वन्धन प्राप्त गर्न सफल भयो। यस्को लगत्तै २०५८ सालमा यस विद्यालयले एकीकृत उच्च शिक्षाको नमुनाको रूपमा हनुमन्तेश्वर क्याम्पसको स्थापना गर्यो जसको उद्देश्य विद्यालयको स्रोत र साधनलाई अत्याधिक रूपमा उपयोग गरी स्थानीय गरीव र पिछडिएको वर्गलाई समेत क्याम्पस तहको शिक्षा आफनै घर दैलोमा सरल र सुलभ तरिकाबाट उपलब्ध गराउन थियो । क्याम्पस स्थापना गर्नमा केही व्यक्तिहरुले बजंवा शिक्षाको आवश्यकता छैन भनी व्यवधान गरेपनि विद्यालयका शिक्षक, स्थानीय बुद्धिजिवी श्री पशुपति चौलागाई, तत्कालीन गाविस अध्यक्ष पुष्करकुमार दहाल, तत्कालीन जिविस सदस्य ऋषिकेश उप्रेतीको सक्रिय सहभागिताबाट क्याम्पस स्थापना गर्न सम्भव भयो । त्रिभवन विश्वविद्यालयवाट सम्बन्धन प्राप्त गरेर सञ्चालित यो क्याम्पस स्कूलको एक अङ्गको रूपमा चलेको छ । प्रशासनिक काम कार्यवाही फरकजस्तो देखिए पनि शैक्षिक क्रियाकलापहरू स्कूल सँगसँगै चलेका छन् । कक्षा ११ देखि १५ सम्मको समयतालिका एउटै तालिकामा बनाइन्छ । स्कूल र क्याम्पसका शिक्षकहरू त्यसै तालिकाअनुसार पढाउने गर्दछन् र निजहरूलाई स्कूल र क्याम्पसको खास फरक लाग्दैन । विद्यार्थीहरू पनि जुन भवनमा आफूले 'क', 'ख' सिके त्यही भवनबाट स्नातक गर्न पाउँदा स्कुल र क्याम्पसको भिन्नता महसुस गर्दैनन् । यसले गर्दा विद्यार्थीको अनुशासनमा पनि निकै बृद्धि भएको पाइन्छ । स्कूल र क्याम्पस एकै ठाउँमा चल्न सक्तछन् भन्ने कुरा नयाँ नै थियो र सुरुमा यसलाई असहज मान्ने कुरा नौलो थिएन । जब हामीहरूले यसको परीक्षण गर्दै गयौ तब यो सबैको लागि अत्यन्त राम्रो पद्दति बन्न पुग्यो। यसै पद्दतिअनुसार हाल दोलखा जिल्लामा झण्डै ७ वटा क्याम्पसहरू सञ्चालित भएका छन् ।
२०५८ सालमा क्याम्पसको स्थापना पछि यस विद्यालयले आफ्नो बाटो स्पष्ट रूपमा अँगालिसकेको थियो । शैक्षिकस्तरमा व्यापक सुधारको साथै भौतिक सुविधामा पनि उत्तिकै विकास भएको थियो । मैले यो सफलतालाई आफ्नो जीवनको ठूलो उपलब्धिको रूपमा लिएको छु किनभने मेरो बाल्यकालमा स्कुलको मुख देख्न नपाएर काठमाडौंमा गएर धेरै दुःख र कष्टका साथ शिक्षा प्राप्त गर्नुपरेको कुरालाई महसुस गरी गरीव र पिछडिएका समुदायलाई सरल सुलभ तरिकाबाट शिक्षा दिन सकेमा उनीहरूको जीवन सार्थक र सुखमय हुन्छ र सम्पूर्ण समाज नै सुसंस्कृत र सभ्य हुन्छ भन्ने उद्देश्यले स्थापना गरेको यस क्याम्पसले धनी, गरीव पिछडिएको वर्ग, महिला, पुरुष, कसैमा भेदभाव नगरी प्रत्येकलाई सहज सरल तरिकाले उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गरेको छ। यसले प्रत्येक घरमा स्नातक बनाउने अभियानलाई सार्थक बनाएको छ ।
यस क्याम्पसको स्थापना पछि मैले २०५९ सालमा हनुमन्तेश्वरको शिक्षक पदबाट राजीनामा दिएर बाहिरिएँ । मैले राजिनामा दिएपछि गोपालध्वज श्रेष्ठको नेतृत्वमा विद्यालय सञ्चालन भयो । उहाँलगायत स्कूलका सम्पूर्ण साथीहरूले विद्यालयको शैक्षिक र भौतिक विकासलाई चुनौतीको रूपमा स्वीकार गरेर आफूले कडा मेहनत साथ काम गर्नुभएको हुना आज यो विद्यालय जिल्लाको सामुदायिक विद्यालयहरू मध्ये अग्रस्थानमा र देशव्यापी रूपम हेर्ने हो भने इनेगिनेका २०-२५ वटा विद्यालयभित्र पर्दछ । यो उपलब्धीको लागि म सबै शिक्षक विद्यार्थी अभिभावक तथा सम्पूर्ण समुदायलाई नै धन्यवाद दिन चाहन्छु । गाउँमा शिक्षाको ज्योनि फैलाउने सपना बोकेर त्यसबखत यो विद्यालय स्थापना गर्ने आदरणीय महान् व्यक्तित्वहरू कोटीकोटी धन्यवादका पात्र छन् ।
0 Comments